शनिबार, बैशाख ८, २०८१

असाहय र अति बिपन्न परिवारको उपचारका लागि दमक नगरपालिकाले सहयोग गर्ने

दमक माघ १७,  दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवारको आर्थिक अभावकै कारण उपचार नपाएको हो भने त्यस्ता् परिवालाइ सहयोग गर्न नगरपालिका तयार रहेको जनाउ दिनु भएको छ ।   त्यस्तै उहाँले नगरपालिकाको पहलमा दूइ साताको अवघिमा तीन उद्धार तथा उपचार गरेको स्मरण सहित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले दमक ७ की टाँउको ठूलो भएकी बालिकाको उपचारमा सहयोग जुटाउनका लागि आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख ओलीले यस्तो अभिव्यक्ति दिनु भएको हो । 

क्लवका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा भएको कार्यक्रममा अढाइ बर्षिया ति बालिकाको उपचारका लागि सहयोग स्वरुप लायन्स क्लव अफ श्री अन्तुका गोपाल अग्रवालले ११ हजार, लायन्सकर्मी टंकबहादुर श्रेष्ठले ५ हजार , लायन्सका पूर्व डिस्ट्रिक गर्भनर भीम घिमिरेले ५ हजार १ सय र लायन्स क्लव अफ स्वीट सिटीले पनि ५ हजार १ सय  रुपिया सहयोगमा  नोवेल अस्पताल बिराटनगरमा टाँउको शल्यक्रिया  गरिएको   ति  बालिकाको अप्रेसन सफल भएको   बताइएको छ ।

यसअघि लायन्स क्लव अफ माउण्ट एभरेष्टले नगरपालिकाको कोषमा क्लवको तर्फबाट ५१ हजार रुपिया सहयोग गरेको थियो । त्यस्तै यसहघि क्लवको पहलमा नै थप ११ हजार रुपिया पनि कोषमा जम्मा गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।