शुक्रबार, चैत्र १६, २०८०

अव निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने

काठमाडौं वैशाख २३, गृह मन्त्रालयले देशव्यापीरुपमा मदिरा नियन्त्रण अभियान सन्चालन गर्ने भएको छ । मन्त्रालयले देशभर निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने गरी यस्तो अभियान सन्चालन गर्न लागेको हो ।  अभियानको कार्यान्वयनका लागि आज गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृह मन्त्रालयमा विषयमा विशेष छलफल गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा उल्लेख भएअनुसार छलफलको क्रममा मन्त्री थापाले  समाजमा बढ्दो महिला हिंसाको कारण मदिरा भएको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौं गुणा घातक रहेको बताउँनु भएको उल्लेख गरिएको छ ।   साथै प्रस्तुत अभियानका लागि मन्त्रालयले विस्तृत् खाका बनाइरहेको समेत त्यस अवसरमा जानकारी दिनु भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।