शुक्रबार, चैत्र १६, २०८०

अव थोकऔषधि व्यवसायी संघसंग काँधमा काँध मिलाएर हिड्नुको विकल्प छैन:अध्यक्ष वास्कोटा

काठमाडौं चैत ३० , नेपाल औषधी थोक व्यवसायी सघ प्रदेश ४ पोखराद्दारा नव बर्ष २०७५ अवसरमा औषधि  विद्यमान यावत विकृति एवम् विसंगती निवारण गर्दै मर्यादीत बनाउँन आवश्यक निति तय गर्ते लक्ष्य सहित आज विशेष अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको् छ ।  प्रदेश ४ पोखराका अध्यक्ष रुद्र मल्लको सभापतित्वमा एवम् केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाको प्रमुख आतिथ्यतामा आयोजित उक्त अन्तरसंवाद कार्यक्रममा स्थानीय दर्जनौ औषधि  थोक व्यवसायीको उपस्थित रहेको थियो ।

अन्तरसंवादमा सहभागी    मेस्कोन नाराणगढका अध्यक्ष मेधनाथ पौडेल लगायतका सहभागी  व्यवसायी वक्ताले  आफ्नो पेशागत धर्म निर्वाह गर्ने क्रममा यो वा त्यो वहानामा प्रताडित हुनु पर्ने लगायतका गुनासो सहित संगठनलाइ चुस्त सशक्त बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको जिकिर सहित  व्यवसायीक संगठनलाइ मजवुत बनाउँन एकेवद्धता अभिव्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले औषधि व्यवसायी जगतका प्रत्यक्ष सरोकारवाला समूह अर्थात हामी थोक औषधि व्यवसायीलाइ गोलवद्ध गर्दै यस क्षेत्रमा विद्यमान यावत समस्याको सम्बोधन गर्दै मैत्री वातावरण सिर्जना गर्ने एकमात्र महान लक्ष्यका साथ तमान व्यवसायीको साझा संगठनको हैसियतमा थोक औषधि व्यवसायी संघ अस्तित्वम आएको जनाउ दिनु भएको छ ।  साथै उहाँले मुलुकको औषधि जगतका एकमात्र प्रमुख तथा साझा संघको रुपमा यस संगठनले स्थापना कालको छोटो अवधिमानै आफ्नो पहिचान कायम गरिसकेको भन्दै अध्यक्ष वास्केटाले अव औषधि जगत अन्र्तगत राज्यको नियमक निकाय उत्पादक संघ र आयातकर्ता संघका साथै व्यवसायी संघलगायतले थोक औषधि व्यवसायी संघलाइ उपेक्षा गर्न नसक्ने भन्दै अवका दिनमा सम्वद्ध सरोकारवाला निकाय संघ र सस्थाले थोक औषधि व्यवसायी संघ संग काँधमा काँध मिलाएर हिड्नुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै सम्बोधनको क्रममा औषधि जगतमा थोक औषधि व्यवासायीले झेल्दै आएको यावत समस्या समाधानको लागि आफुले आजकै मितिबाट पहलकदमी दिने प्रतिवद्धता सहित उहाँले भने अवका दिनमा हस्पिटलमा औषधि सप्लाइ गर्दा र बजारमा औषधि सप्लाइ गर्दा औषधिको प्याकिङ फरक फरक हुँनु पर्नेमा जोड दिदै यसको लागि आफुले सरोकारवालासंग तत्काल छलफल चलाउँने बताउँनु भएको छ । त्यस्तै अध्यक्ष वास्कोटाले देशभर राज्यले त्यहाँका स्थानीयलाइ वितरण गर्ने औषधि संघको विस्तारित शाखामार्फत पठाउँनु पर्ने बताउँदै उहाँले भने अहिले स्वास्थ्य सेवा विभागको कन्टेनरमा औषधि त्यतिकै कुहिरहेको हुन्छ ,  तर जुम्ला , हुम्ला र जाँजरकोटमा औषधि नपाएर मृत्यु वरण गर्न वाध्य भएको थुप्र घटना भएको बताए  । 

 हाम्रो कन्र्सन भनेको सवैको लागि तत्काल औषधि भएको समेत बताउँदै  थोक औषधि व्यवसायीको चेनअफ कमाण्डमा यावत समस्याको समाधान गर्न आफुहरु सक्षम रहेको जनाउ दिदै कुनै पनि वहानामा औषधि माथिको  खेलवाड  आफुहरुलाइ स्वीकार्य नभएको बताउनु भएको छ  । त्यस अवसरमा उहाँले भित्ते पात्रोको विमोचन समेत गर्दै नववर्षको शुभकामना समेत आदान प्रदान गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।