शनिबार, बैशाख ८, २०८१

अवैध रूपमा बालुवा, माटोलगायत खानीजन्य पदार्थ बिक्री गरे कारवाही

भक्तपुर जेठ ५ भक्तपुरमा अवैधरूपमा हुँदै आएको बालुवा उत्खनन् सोको बिक्री वितरणमा महानगरीय प्रहरी परिसरले रोक लगाएको छ ।

 जिल्ला समन्वय समितिमा दर्ता नभएका र अनुमति प्राप्त नगरी अनियन्त्रितरुपमा वालुवा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा परिषरले महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त थिमिमा बालुवा बिक्री गर्ने डिपो सञ्चालकसंग शुक्रवार छलफलको आयोजना गर्दै अवैध बालुवा बिक्रीमा रोक लगाउँदै अवैध रूपमा बालुवा, माटोलगायत खानीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको हो ।

 त्यस्तै प्राप्त समाचारमा छलफलको क्रममा महानगरीय प्रहरी परिसरका प्रमुख श्रेष्ठले दर्ता नभएका डिपोहरूलाई दर्ता गर्न आग्रह गर्दै  अवैध बालुवा खानी र डिपो सञ्चालन बन्द गरिने जानकारी दिनु भएको उल्लेख गर्दै डिपो सञ्चालक वा बालुवा खानी सञ्चालकलाई प्रहरीलगायत अरु कुनै पनि व्यक्तिलाई कुनै पनि शुल्क नतिर्न तर राजस्व भने तिर्न निर्देशन जारी गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।