शुक्रबार, चैत्र १६, २०८०

अवाञ्छित गतिविधी नियन्त्रण गर्न महानिरीक्षक खनालको निर्देशन

काठमाडौ असोज २८ ,नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै सङ्गठनको अपेक्षा अनुसार कार्य सम्पादन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै उहाँले इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै उहाँले दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्न निर्देशन दिदै क्रमस प्रहरी नायब महानिरीक्षकमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्यायलाइ दज्र्यानी चिह्न प्रदान गर्नु भएको प्राप्त समाचारमा उल्लेखगरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।