बिहिबार, बैशाख १३, २०८१

अमेरिकी डाइभर्सिटी भिसाको फर्म आजबाट खुल्ने

काठमाडौं असोज १७ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुल्ने भएको छ । अनलाइनबाट भरिने डिभीका लागि दूतावासले कुनै शुल्क नलाग्ने प्रष्ट जनाउ सहित डीभी परेको खण्डमा निश्चित प्रक्रिया पूरा गरेपछि अमेरिकामा बसाई सराई गर्न पाइने जनाएको छ।

यसपटक आगामी कार्तिक २० गतेसम्म आवेदन दिन सकिने डिभी भर्नका लागि चाँडो आवेदन दिन र आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न अनिवार्य रहेको जनाएको छ ।

साथै डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु र प्रस्तुत नम्बरका आधारमा छनोट भए/नभएको ७ मे २०१९ पछि हेर्न सकिने दुतावासले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।