शुक्रबार, चैत्र १६, २०८०

अमेरिकास्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचारार्थ पुग्नु भएका प्रम कोइरालाले भने-

  • मलाइ मेरो स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता छ 

  • प्रत्यक्ष राष्ट्रपतिय निर्वाचन पद्वतिले तानाशाह जन्माउँछ 

  • लोकतान्त्रिक संविधान, विकास मेरा प्राथमिकता हुन्, यसमा कम्प्रमाइज हुँदैन 

  • पत्रकारतर्फ इंगित गर्दै कोइरालाले भने, फेरि तपाईहरु पनि जनआन्दोलनमा होमिनुपर्ने हुन्छ 

काठमाडौं आषाढ १०, सेतो कुर्ता९पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन । गत priminiisterशुक्रबार बायोस्पी लगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । कस्तो छ तपाईको स्वास्थ्य स्थिति रुु भन्ने शुरुवाती प्रश्नमा कोइरालाले भने, हेल्थबारे सबै कुरा बाहिर आइसकेको छ । देशको राजनीतिबारे सोध्नुस् । मेरो स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता रहेको खवर आजको कान्तिपुर दैनिकमा दिनेशजंग शाहको वाईलाईनमा समाचार प्रकाशित रहेको छ ।

अमेरिकास्थित नेपाली पत्रकारहरुसँगको भेटमा आइतबार कोइरालाले स्वास्थ्यबारे बोल्न अनिच्छा जनाउँदा जनाउँदै अघिल्लो रात लगातार खोकी लागेर सुत्न गाह्रो भएको भने बताए । रगत तानिएको दाहिने हातको नाडीको रातो डाम देखाउँदै भने, डाक्टरले परिक्षण गरिरहेका छन्, रिपोर्ट केही दिनमा आउँछ ।

आफनो स्वास्थ्य स्थितिले सरकारको कामकारवाहीमा फरक नपारेको कोइरालाको भनाइ थियो । उनको कथन थियो, सरकार चलिरहेको छ । चल्छ । बामदेवजी हुनुहुन्छ ।

मेलमिलाप र सहमतिको राजनीतिको विकल्प नभएको तर्क गरेका प्रधानमन्त्रीले धेरै संघीय राज्य मुलुकले धान्न नसक्ने धारणा राखे । पहिले हामीले पाँच प्रदेश भन्यौं । अहिले एमाले र हामीबीच सातवटामा एकखाले सहमती भएको छु, उनले भने ।

यद्यपि, कोइरालाले संघीयतासम्बन्धी बिषयलाई कसरी टुङ्गयाउने भन्नेबारे सहमतिबाट उपाय खोजिने बताए । एक अर्को प्रश्नमा उनले विवादित बिषयमा सहमती नभए मतदानबाट भए पनि संविधान निर्माणको बाटो खोलिने प्रतिबद्वता जनाए । उनले भने, शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान, विकास मेरा प्राथमिकता हुन्, यसमा कम्प्रमाइज हुँदैन ।

कोइरालाले प्रत्यक्ष राष्ट्रपतिय निर्वाचन पद्वतिले तानाशाह जन्माउने खतरा रहेको टिप्पणी गरे । शक्ति सन्तुलन एवम प्रजातान्त्रिक मुल्य मान्यताका लागि पनि संसदप्रति उत्तरदायी प्रधानमन्त्रीय पद्वती हितकर हुने उनको भनाइ थियो ।

एमाओवादीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय पद्धतिमा जाँदा पावर मिसयूज हुनसक्छ । तानाशाह जन्मिए फेरि आन्दोलन गर्नुपर्ने हुन्छ, पत्रकारतर्फ इंगित गर्दै कोइरालाले भने, फेरि तपाईहरु पनि जनआन्दोलनमा होमिनुपर्ने हुन्छ ।