काठमाडौं साउन १०, एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।
अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।
भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो ।
ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो । घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ ।
गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते ९मंगलबार० अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको पोखरिया नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ बस्ने रामप्रवेश साह गोढलाई साउन ७ गते पक्राउ गरेपछि अंकित हत्याको रहस्य खुलेको हो । फिरौती रकम माग गर्न प्रयोग गरिएको भारतीय फोन नम्बरको आधारमा साहलाई पक्राउ गरिएको बारा प्रहरीको भनाइ छ ।
पक्राउ परेका साहको बयानपछि बालकको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो । साहले फिरौती रकम लिएपछि अंकितको हत्या गरी पर्साको जगरनाथपुरस्थित गण्डक नहरमा बोरामा हालेर शव फालेको बयान दिएका थिए । साहको बयान अनुसार असार ३२ गते अंकितको हत्या गरी शव फालिएको थियो । गुप्ता परिवारले असार ३० गते बेतिया पुगेर फिरौती बुझाएका थिए । फिरौती लिएको दुई दिनपछि अंकितको हत्या भएको हुन सक्ने बताइएको छ । बारा प्रहरी भने गण्डक नहरमा भेटिएको शवबारे अनविज्ञ रहेको थियो । एकअर्कासँग जोडिएको बारा र पर्साका दुई सुरक्षा निकायबीचको समन्वयको अभाव अनुसन्धानमा देखिएको छ ।
करिब डेढ महिनादेखि जीतपुरबाट बालक अपहरणमा परेको विषयमा जानकार पर्सा प्रहरीले बालकको बेवारिसे शव भेटेपछि बारा प्रहरीसँग समन्वय समेत नगरेको देखिन्छ । अपहरणमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्रै अंकितको शवसम्म बारा प्रहरी पुगेको हो । पर्सा प्रहरीले बेवारिसे भन्दै नारायणी उपक्षेत्रीय अस्पतालको शवगृहमा बुझाएको शव अस्पतालले वीरगन्ज महानगरपालिकाको सहयोगमा गाडिसकेको थियो । घटनाको रहस्य खुल्दै गएपछि बारा प्रहरीले गाडिएको स्थानबाटै उत्खनन् गरी अंकितको शवको डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । शव पहिचान हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणका गर्न लागेको हो । अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- आज चैते दशैं, देवी दुर्गाको पूजा आराधना गरी मनाईंदैं
- मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै
- प्रतिलिटर ३ रुपैयाँको दरले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान