बुधबार, बैशाख १२, २०८१

अन्तत, राजपाले आयोगमा गरे दल  दर्ता

स्थानीय तहको निर्वाचनमा राजपाले साइकल चिन्हमा भोट माग्ने

काठमाडौ भाद्र १०, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले भाद्र ११ गतेको समयसिमा तोक्दै दल दर्ताको आव्हान गरे अनुरुप राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिर १० गते हुँने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । राजपा morcha-1-1-896x510अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले प्रदेश न २मा असोज २ गते हुने स्थानीय तहको निर्वाचन समेतलाइ दृष्टिगत गर्दै निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ ।

दल दर्ता पछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सञ्चारकर्मीसँग कुराकानी गर्दै राजपाले आफ्नो एजेन्दा सहित जनताबीचमा जाने निर्णय गरे अनुरुप दलदर्ताको लागि आयोगमा आएको जनाउ दिदै तत्काललाइ अर्थात आसन्न स्थानीय तहको निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि राजपाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि भने निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको माग गरिएको बताए