शुक्रबार, चैत्र १६, २०८०

अन्तत चौतर्फी आलोचनापछि सरकार जोर बिजोरको निर्णयबाट पछि हट्यो

सरकारले सम्मेलनको नामा आफ्नो कुटनीतिक परम्परा समेत नाघेको जिकिर

काठमाडौं मंसिर १४, आजबाट सुरु भएको एसिया प्यासिफिक सम्मेलनलाइ दृष्टिगत गर्दै १७ गतेसम्म गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा चल्ने सवारी–साधनमा जोर–बिजोर प्रणालीसमेत लागू गरेको आम जनताले निकै सास्ती खेप्नु परेको भन्दै  चौतर्फी सामाजीक सञ्जाल देखि सडक चौराह र चोकचोकमा नेकपा नेतृत्वको सरकारको आलोचना भएपनि अन्तत सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

आज गृह मन्त्रालयलेको अर्को निर्देशनको सूचना जारी गर्दै ट्राफिक प्रहरी महाशाखाले बिहान साढे ११ बजेपछि जोर बिजोर लागु नगर्न निर्देशन दिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधनमात्र चलाउन पाइने निर्देशन दिएको थियो ।

यसैवीच यसअघि प्रस्तुत दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजक र नेपाल सरकार सम्मेलनको सहआयोजक भनिएकोमा पनि तिव्र विरोधकाविच नेपाल सरकार प्रस्तावित भूमिकाबाट पछिहटेको थियो ।

त्यस्तै आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन लगायतका विषयवस्तु भएको भनिएपनि सम्मेलन आयोजनाको प्रकृति र सरकारको रवैया हेर्ने हो भने अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरले नेपाल सरकार यस माताशतका सबै निकायलाई सञ्चालन गरेको जस्तो देखिएको मात्र नभए सरकारले सम्मेलनको नामा आफ्नो कुटनीतिक परम्परा समेत नाघेको भन्दै यत्र तत्र सर्वत्र सरकारको आलोचना हुने क्रम जारी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।