शुक्रबार, चैत्र १६, २०८०

अनुशासन खेलाडीको गहना हो भने खेलाडी राष्ट्रको गहना हो : महासचिव झा

काठमाडौं माघ २३ , राजधानीको कामपा वडा न .१५ स्थित सुप्रिम स्कुलमा आज विद्यालयस्तरिय तेक्वाण्डो प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितको आरम्भपूर्व विद्यालय व्यवस्थापन समितका अध्यक्ष बालमुकन्द मुल्मीको सभापतित्वमा भएको उदघाटनसत्रका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले खेल जीवनमा अनुशासनको महत्व महत्वमाथि प्रकाश पार्दै अनुशासन खेलाडीको गहना हो भने खेलाडी राष्ट्रको गहना भएको बताउँनु भएको छ ।

त्यस्तै विद्यालयका प्रअ श्याम श्रेष्ठको स्वागत अभिव्यक्तिबाट शुरु भएको उक्त सत्रमा व्यवस्थापन समितिका अध्यक्ष मुल्मीले खेलाडी विधाथीहरुको उज्जवल भविष्यको कामना गर्दै अुनशासीत रुपमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै भोलीका दिनमा अन्य क्षेत्रमा समेत विद्यालयका विधार्थीबाट सपफलताको मार्गचित्र बनाउँदै स्कुलको नाम उज्जवल बनाउँने अपेक्षा गर्नुभएको थियो ।

कार्यक्रममा औपचारिकसत्रको समापन संगै प्रतियोगिताको सञ्चालन गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विभिन्न तोल समुहमा प्रतिस्प्रर्धा गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।