शुक्रबार, चैत्र १६, २०८०

अनुभव, बिश्वाश र समय..

 काठमाडौ वैशाख ४,

पोल्टामा पारिजात बटूलेर, ल्याउंछु त भनें मैले
प्रितको डोरीमा उनेर ति, लाईदिन्छु त भनें मैले
सुस्केरामा भिजेर कति, साथ दिन्छु त भनें मै मैले
तुंवालोले बाटो छेके नि, फर्किनेछु त भनें मैले
मेरा दिन हुन यि, खुशी का आयाम थपिंदैछन।
मेरै रात हुन यि, हर्षले उन्माद बढिरहेछन।

बादल, बर्षा, खोला, खहरे मेरा अभिव्यक्ति हुन यि  
नजर मुस्कान बोलि बांच्ने शक्ति हूंदैछन यि
हुरिले चुंडाए चट्ट डोरि मन कति रूने होला
मलिन हांसो हेरि मलाई, जाउं है? त भन्ने होला
प्रणय भाग्यमा साथ भए, नशा भए मात भए
अस्तित्व प्रेम को कतै भए , उसैले त हात देला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

-किरन कार्जित
सितापाईला