शनिबार, बैशाख ८, २०८१

अनलाइन विलिङ्ग प्रणालीबाट तरंगीत नहुन व्यवसायीलाइ सरोकारवालाको आग्रह

 काठमाडौं असार ३०, नेपाल थोक औषधी व्यवसायीहरुको साझा संस्था पिडानले आज राजधानीमा अनलाइन विलिङ्ग सम्बन्धी अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ ।   कार्यक्रममा आन्तरिक राजश्व विभागद्धारा आगामी आव देखि लागु हुने गरि जारी गरिएको विद्युतिय विजक सम्बन्धी कार्यविधी २०७४ अन्र्तगत कम्प्युटर विलिङ प्रणालीले थोक औषधी व्यवसायी वृतमा सिर्जना गरेको अन्यौललाइ सम्बोधन गर्दै विद्यमान समस्याको सम्बोधन सहित सरोकारवाला निकायका प्रतिनिधी र व्यवसायीवीच अन्तरसंवाद गराईएको थियो।

त्यस्तै कार्यक्रममा पिडानका अध्यक्ष शिवराज वास्कोटाले विभागद्दारा जारी अनलाइन विलिङ्ग सम्बन्धी सूचनाले व्यवसायीवृत अत्तालिएको बताउँदै औषधी व्यवासायीले नियमित कर बुझाउँदै आएपनि राज्यले करदाताको सम्मान गर्न नसकेको अभिव्यक्ति सहित पछिल्लो सूचनाले त झनै अन्यौलता सिर्जना गरेको बताउँनु भएको छ ।

त्यस्तै व्यवसायी प्रतिनिधीको यावत समस्याको एकमुष्ट सम्बोधन गर्दै करदाता सेवा केन्द्र ठमेलका प्रमुख कर अधिकृत टङकनाथ लम्सालले राज्यको तर्फबाट जारी पछिल्लो विद्युतिय विजक सम्बन्धी कार्यविधी एवम् अनलाइन विलिङ्ग समस्या नभइ समाधानको मेसो भएको जनाउ सहित यस सम्बन्धमा कुनै समस्या भए नेपाल थोक औषधी व्यवसायी संघको सहकार्यमा कार्यालय संग समन्वय गर्दै कार्य सम्पादन गर्न आग्रह गर्दै यसको लागि करदाता सेवा केन्द्र सदैव तत्पर रहेको बताउँनु भएको �� ।

त्यस्तै आन्तरिक राजश्व विभागका सूचना प्रविधि अधिकृत इन्द महर्जनले पनि प्रस्तुत प्रणालीबाट नअत्तालिन आग्रह गर्दै सिर्जित समस्या समाधानको लागि सहयोग आफु सदैव प्रतिवद्ध रहेको जनाउ दिनु भएको उक्त कार्यक्रममा व्यवसायीहरुले आफुले सामना गर्दै आएको यावत समस्या सम्बोधनार्थ पिडानले सहज वातावरण सिर्जना गरिदिएकोमा धन्यवाद सहित सरोकारवाला विभागीय प्रतिनिधीसंग अन्तरसंवाद गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।