काठमाडौं मंसिर २४ , गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत काठमाडौं क्षेत्र न.२ बाट निर्वाचित उम्मेदवार एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालवीच आज महत्वूर्ण भेटवार्ता सहित शुभकामना आदान प्रदान भएको छ ।
भेटवार्ताको क्रममा अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता माधब कुमार नेपाललाइ काठमाडौं क्षेत्र न. २ बाट निर्वाचित हुनु भएकोमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना समेत दिनु दिदै सबै पक्षलाई मिलाएर अघि बढ्न सुझाब दिनु भएको थियो ।
त्यस्तै भेटवार्ताको क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले निर्वाचनको क्रमम प्राप्त जनादेश अनुरुप आफुले सवैलाइ मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।