शनिबार, बैशाख ८, २०८१

अधिकारीलाइ मध्यमाञ्चल प्रतिभा पहिचानको प्रथम पुरस्कार

 काठमाडौं जेठ ५,   मध्यमाञ्चल क्षेत्रीय प्रतिभा पहिचान प्रतिस्पर्धामा सिन्धुलीकी छात्रा प्रस्तुति अधिकारी प्रथम भएकी छन् ।   मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको प्रतिस्पर्धामा सिन्धुलीको न्यु इंगलिस सेकेन्ड्री स्कुलकी ९ कक्षाकी छात्रा अधिकारीले यस क्षेत्रका १९ जिल्लाका विद्यार्थीलाई उछिनेर प्रथम पुरस्कार जितेकी हुन् ।

उनले भाषा तथा साहित्य विधामा आयोजकले दिएको देश निर्माणका लागि ब्यवसायिक शिक्षा विषयमा तत्काल कविता लेखेर बाचन गरेकी थिइन् ।  छात्रा अधिकारीले प्रथम भएर ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाएकी छन् । उनी अब हुने राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएकी छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।