शुक्रबार, चैत्र १६, २०८०

अधिकारीको हत्या मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउँ : आयोग

human_rights ललितपुर पौष १२ ,राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन आग्रह गरेको छन । आयोगका कायममुकायम सचिव वेदप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा सो घटनाको अनुसन्धान कार्य छिटोछरितो भए पनि पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान प्रक्रिया प्रभावकारी नभएको भनी आयोगमा उजुरी परेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले प्रस्तुत घटनाको अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउँदै अनुसन्धानको दायरा फराकिलो पार्न नेपाल सरकार र नेपाल प्रहरीको प्रधान कार्यालयको समेत ध्यानाकर्षण गराउँदै घटनाको थप अनुगमनका लागि आयोगले मानवअधिकार संरक्षण अधिकृतको केन्द्रीय टोली तत्काल चितवन पठाउन लागिएको जनाएको छ ।