बुधबार, बैशाख १२, २०८१

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फर्म खुल्ला

अवका ५ वर्ष अक्षरा स्कुलसंग सिजन मिडियाकोे सहकार्य हुने

 काठमाडौं फागुन ११ , वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्रालाइ लक्षित गर्दै अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्दै आएको छ ।

जुनियर स्कुल प्रिन्सेस २०१८ कार्यक्रमको मुख्य प्रायोजनको लागि अक्षरा स्कुलकी संस्थापक प्राध्यापक अन्जु भट्टराई र सिजन मिडयाका अध्यक्ष प्रदीपराज वन्त विच सम्झौतापत्रमा हस्ताक्षर पछि तस्विर खिचाउदै । सिजन मिडिया र अक्षरा स्कुल विच ५ वर्षको लागि सम्झौता भएको छ ।

यसैक्रममा गत वर्ष जस्तै अवका ५ वर्षको लागि अक्षरा स्कुलसंगका सहकार्यमा यस कार्यक्रमलाई निरनतरता दिन आज अक्षरा स्कुलमा आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्त र अक्षरा स्कुलकी संस्थापक प्राध्यापक अन्जु भट्टराईवस्च सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि आवेदन फारम खुल्ला गरिएको आयोजक संस्था सिजन मिडियाले दिएको छ ।  

अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८’ प्रतियोगीतामा सहभागी हुन चाहने सहभागीका लागि आवेदन फारम खुल्ला गरिएको जानकारी गराउदै । आवेदन फारम यहि चैत्र ११ गते सम्म भर्न सकिनेछ र चैत्र १५ गते मंगलवार पहिलो चरणको छनौट पनि सन्चालन गरिने जनाएको छ ।  त्यस्तै प्रतियोगीहरुको प्रशिक्षण १६ चैतबाट सुरु गरिने छ । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईनु भएको छ।

 अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ को चयन भने ९ र १० बैशाखमा जमल स्थित नाचघरमा   हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१८की वितेजाले साइकल, मोवाईल, ट्याव लगायतका विभिन्न उपहार प्राप्त गर्ने छिन । सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।