मङ्लबार, अशोज ३०, २०७५
BigTop ताजा

सरकारको खोक्रो राष्ट्रवाद विरुद्ध काँग्रेसलाई बलियो बनाउनुपर्नेमा सभापति देउवाको जोड

 काठमाडौ जेठ २९ , काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी सहित वर्तमान सरकारको आदम्वरयुक्त खोक्रो राष्ट्रवाद विरुद्ध काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल राष्ट्रिय श्रम आयोग गठनको माग गर्दै वर्तमान सरकारले यो वा त्यो वहानामा टे«ड युनियनका अधिकार माथि धावा बोल्न सक्ने आशंका व्यक्त गर्दै त्यसको लागि सजग हुनपर्ने समय आएको बताउँनु भएको थियो ।

त्यस्तैगरि पार्टी उपसभापति विमलेन्द्र निधिले श्रमिक अधिकारमाथि हुन सक्ने कुनैपनि किसिमको प्रहार विरुद्ध डटेर अगाडि बढ्नुको विकल्प नभएको जनाउ दिनु भएको छ । त्यस्तै पार्टी एकताको कुरामात्रै गर्नुभन्दा विद्यमान गुटउपगुटको श्रृखलाको अन्त्य गर्नुपर्ने बताउँनुभएको उक्त कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौला , प्रवक्ता विश्वप्रकाश शर्मा ,केन्द्रीय सदस्य गगन र नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ नेता पुष्कर आचार्य, पूर्वअध्यक्ष लक्ष्मण बस्नेत लगायतले वोल्नु भएको थियो ।

 ३ दिनसम्म चल्ने ट्रेड युनियन काँग्रेसको महाधिवेशनमा मुलुकभरका एक हजार ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । ट्रेड युनियन काँग्रेसमा विभिन्न क्षेत्रका २६ संघ आबद्ध हुनुका साथै सदस्य संख्या चार लाख २५ हजार सदस्य रहेको छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

October 2018
S M T W T F S
« Sep    
 123456
78910111213
14151617181920
21222324252627
28293031