मङ्लबार, अशोज ३०, २०७५
देश

संविधानलाइ जीवन्त राख्न सुशासन अपरिहार्य : प्रम देउवा

काठमाडौ असोज ३,  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देशमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै समाजमा व्याप्त गरिबी, असमानता, भोक, रोग, अशिक्षा र कलहका खाडललाई पुर्दै जाँदा मात्र संविधानले परिलक्षित गरेका महत्वपूर्ण गन्तव्यमा पुग्न सकिने बताउँदै स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको बताउँनु भएको छ ।

यसैवीच एमालेका अध्यक्ष केपी ओली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मी लगायतले संविधान दिवसका अवसरमा विभिन्न दलका शीर्ष नेताले शुभकामना दिँदै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गर्नुभएको छ । साथै उहाँहरुले संविधानले मुलुकमा शान्ति र स्थायित्व सुनिश्चितता गर्दै भविष्यको विकास र समृद्धिका लागि स्पष्ट मार्गदर्शन गरेको छ भन्दै उहाहरुले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा स्थानीय निर्वाचनमा उत्साहपूर्ण जनसहभागिता महत्वपूर्ण उपलब्धि भएको बताउँनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

October 2018
S M T W T F S
« Sep    
 123456
78910111213
14151617181920
21222324252627
28293031