बिहिबार, मंसिर ६, २०७५
ताजा समाचार

राजधानीमा बलात्कारीलाई कारवाही माग गर्दै प्रदर्शन

बलात्कारीलाई  कारवाही  गरि कानुनी राज्यप्रतिको जनताको विस्वासलाइ मजवुत बनाउँन राज्य चुक्न नहुनेमा युवा मानवअधिकार अभियन्ता खड्काको जोड

काठमाडौ भाद्र ९, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्त र परिवारले न्यायको माग गर्दै युवाहरुले माईतिघर मण्डलामा १ घण्टा शान्तिपुर्ण प्रर्दशन गरेका छन । प्रदर्शनमा निर्मला पन्तको घटनामा उच्चस्तरिय छानविन समितिको गठन गर, न्यायको लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर, कानुनी शासनको सुनिश्चिता गर, देश भरी बढिरहेको हत्या बलात्कार जस्ता जघन्य अपराध अन्त्य गर जस्ता नारा बोकेका प्लेकार्ड प्रर्दशन गरेका थिए ।

प्रर्दशनपछि कोणसभामा बोल्दै – युवाहरु गोली खान तयार छन तर न्यायको आन्दोलन नरोकिने कञ्चनपुर निवासी तारा प्रकाश मिश्रले बताए । देशव्यापीरुपमा हत्या र बलात्कारका घटना बढिरहेको हुनाले सरकारले शान्ति सुरक्षा स्थितिको सुदृढीकरण गर्नु पर्नेमा युवा अभियन्ता नारायण कडेरियाले जोड दिए । कञ्चनपुर घटनामा भिमदत्त नगरपालिका मेयरका भतिजा तथा एसपीका छोरा पनि सम्लग्न भएको स्थानिय वासीको आशंका भएकाले उनीहरुलाई छानविनको दायरामा ल्याउनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । प्रदर्शनीको कोणसभामा युवा अभियान्ता नारायण कँडेल, उर्मिला थारु, निरन्जन थापा लगायतले बलात्कारीलाई तुरुन्त कारवाही गर्नु पर्ने माग राखेका थिए । शान्तिपुर्ण प्रदर्शनको आयोजना युथ एड्भोकेसी नेपाल, आयोन, एनसिइएफ लगायतका युवा सम्वन्धी संघ संस्थाले गरेका थिए ।

यसैवीच सुनकोशी सन्देश त्रैमासिकका प्रधान सम्पादक युवा मानवअधिकार अभियन्ता ललितध्वज खड्काले निर्मला पन्तको वलात्कार पछि भएको हत्या आफैमा चरम अराजकता भएको जिकिर गर्दै तत्काल हत्याराको पहिचान गरि कानुनी राज्यप्रतिको जनताको विस्वासलाइ मजवुत बनाउँन राज्य चुक्न नहुने र यसबाट मात्र कानुनी शासनको अवधारणाले सार्थकता पाउँने बताउँनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930