मङ्लबार, अशोज ९, २०७५
ताजा फोटो फिचर मोफसल

रक्तदान कार्यक्रम सम्पन्न

 बिर्तामोड असार १३, बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारीक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । एस एण्ड एस अटो मोवाइल्सका सञ्चालका सुमित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी, सचिव मनोज अग्रवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन् ।
एस एण्ड एस अटो मोवाइल्सले सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रेडक्रससँग सहकार्य गरी उक्त कार्यक्रम गरिएको सञ्चालक श्रेष्ठले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रसका सभापति शिवाकोटीले जानकारी दिए । कार्यक्रम बिर्तामोड–४ भद्रपुररोडस्थित हिरो शोरुम परिसरमा सम्पन्न गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2018
S M T W T F S
« Aug    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30