मङ्लबार, बैशाख ४, २०८१

मधेस आन्दोलनको निकास भनेकै विगतमा भएको सम्झौताको कार्यान्वयन : अध्यक्ष यादव

काठमाडौं भाद्र १०, प्रधानमन्त्री कोइरालाले शान्तिपूर्ण वार्ताका माध्यमबाट संविधानका विषयमा छलफल गर्न भन्दै संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका मधेस केन्द्रीत दलहरुलाई वार्ताका लागि पत्राचार गरिसकेको अवस्थामा सङ्घीय समाजवादी फोरम नेपालका xnepal_news1439646180-Upendra-Yadavre-draft.jpg.pagespeed.ic._R4hTBShWnअध्यक्ष उपेन्द्र यादवले प्रस्तुत वार्ताको कुनै औचित्य नरहेको बताउनुभएको छ ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफुहरुको आफूहरूले कुनै नयाँ मागका लागि आन्दोलनमा होमिएको नभई विगतमा भएको आठ बुँदे र २२ बुँदे सम्झौताको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको बुझिएको छ । त्यस्तै मधेसमा जारी आन्दोलनको निकास भनेकै तत्कालीन सरकारले आफूहरूसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने बटमलाइन रहेको जनाउ दिनु भएको थाहा भएको छ ।