बिहिबार, साउन ३१, २०७५
ताजा मिशन मिडिया

प्रेसलाई हतोत्साहित बनाउने घटनाको महासंघद्दारा भत्र्सना

काठमाडौं वैशाख ३१,  नेपाल पत्रकार महासंघले कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिम १०४।७ मेगाहर्जको स्टुडियोमा कार्यक्रम सञ्चालन भैरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा वैशाख ३० गते दिउँसो साढे तीन बजेतिर इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियारसहित गएको प्रहरीको टोली रेडियोको भवनभित्र प्रवेश गरी स्टुडियोमा अन्तर्वार्ता दिइरहेका व्यक्तिलाई पक्राउ गर्नुका साथै पत्रकारहरूमाथि धम्की दिने कार्य गरेको उल्लेख गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा कुनै पनि बहानामा सञ्चारमाध्यममा हातहतियारसहित प्रहरी प्रवेश गरिनु तथा प्रकाशन–प्रसारण भएका सामग्रीमाथि पूर्वप्रतिवन्ध लगाइनु नेपालको संविधानविपरीतको कार्य हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर सहित । महासंघ प्रेसलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको कडा शब्दमा भत्र्सना गरेको छ । साथै घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

August 2018
S M T W T F S
« Jul    
 1234
567891011
12131415161718
19202122232425
262728293031