बुधबार, कार्तिक २८, २०७५
ताजा मिशन मिडिया

न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न माग

काठमाडौ असोज २५ , नेपाल पत्रकार महासंघले सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न सिफारिस गरे विपरित २५ प्रतिशतमात्र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार पाँच सय बनाउन गरेको सिफारिसलाई लत्याउँदै २४ हजार पाँच सयमात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दुःख प्रकट गर्दै समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार पाँच सय कायम गर्न सरकारसँग जोडदार माग गरेको छ।

त्यस्तै विज्ञप्तिमा केही सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महान चाड विजया दशमी अगावै श्रमजीवी पत्रकारको बाँकी पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न गराउन महासंघ सञ्चारमाध्यम र सरकारलाई आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930