शनिबार, मंसिर २९, २०७५
ताजा मिशन मिडिया

नुवाकोट घटनाको महासङ्घद्वारा भत्र्सना

काठमाडौ मंसिर १७ , नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नेपाली सेनाले गरेको दुव्र्यहारको भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश बिष्टद्वारा आज जारी विज्ञप्तिमा नेपाली सेनाले पत्रकारद्वयलाई लछारपछार गर्दै उनीहरूको क्यामेरा र मोबाइल नियन्त्रणमा लिनाका साथै भिजुअल मेटाएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घ नुवाकोट शाखाका अनुसार  मङ्सिर १३ गते नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालीम केन्द्रअगाडि भनेको ठाउँमा मोटरसाइकल नरोकेको भन्दै सचिव जगदीश खनाललाई सेनाले दुव्र्यवहार गरी सडकमा लछारपछार गरेका थिए । सो खबर पाएपछि घटनास्थलमा पुगेर सचिवमाथि भएको ज्यादतीको फोटो खिच्ने क्रममा अध्यक्ष खनाल तथा उनको क्यामेरा र मोबाइललाई नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाएको छ ।

राष्ट्रको सुरक्षाको जिम्मेवारी बहन गर्ने नेपाली सेनाले पत्रकारमाथि गरिएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासङ्घले सेनाको यस्ता कार्यले पत्रकारलाई पेशाप्रति हतोत्साहित नबनाउन र घटनामा संलग्नमाथि कारवाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासङ्घले मागगरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2018
S M T W T F S
« Nov    
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031