मङ्लबार, असार ५, २०७५
ताजा मोफसल

ढुङ्गेललाइ वर्ष उत्कृष्ट शिक्षकको सम्मान

५० लाखमा रत्नमेमोरियल सभाहल

बिर्तामोड फागुन १६ वाल्मीकि एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् । उनलाई नगद १० हजार र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष एक जना शिक्षकलाई कार्यदक्षताको आधारमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा सम्मान गर्ने गरेको हो ।

त्यस्तै सोहि कार्यक्रममा विद्यालयीय गतिविधिमा उत्कृष्ट एक विद्यार्थीलाईसमेत सम्मान गर्ने परम्परा अनुसार यस वर्ष कक्षा ९ मा अध्ययनरत छात्रा सविना राईलाई सम्मान पत्र र ट्रफीद्वारा सम्मानित गरिएको थियो । उनीहरुलाई शिक्षा सेवाी गोपालकुमार वस्नेत , विद्यालयका निर्देशक आनन्दकुमार वस्नेतले सम्मान गरेका थिए ।

यसैबीच विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रमलाई व्यवस्थित र सहजता पूर्वक सम्पन्न गर्ने उद्देश्यले निर्माण गरिएको रत्न मेमोरियल सभाहलको उद्घाटन गरिएको छ । एक हजार जना अट्न सक्ने क्षमताको सभाहल ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको निर्देशक वस्नेतले बताए । भवन ५ हजार वर्ग फिटमा रहेको उद्घाटन समारोहमा जानकारी दिइयो । भवनको उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्की र कांँग्रेस नेता देउमान थेवेले संयुक्त रुपमा गरेका थिए ।

भवनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कार्कीले मुलुक संघीय संरचनामा गएसँगै शिक्षमा अन्योलता थपिएको बताए । पछिल्लो समयमा परीक्षाको वर्गीकरणले विद्यार्थीमा थप समस्या उब्जाएको छ भन्दै उनले भने– उक्त अन्योललाई चिर्न आफ्नो भूमिका रहने बताउँदै अबको शिक्षालाई नितान्त व्यवहारिक बनाउन ा्नो ठाँउबाट सहयोग गर्ने बताउँनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस नेता थेवेले वाल्मीकि एजुकेशन फाउण्डेशन सिङ्गो मेची अञ्चलको जिम्मेवारी वहन गर्न सक्ने विद्यालय भएको चर्चा गर्दै देशको मेरुदण्ड नै शिक्षा भएको जिकिर सहित विद्यालयले किताबी ज्ञानसंगै विद्यार्थीमा बाहिर ज्ञान आर्जन गराउन अब्बल भएको बताउनु भएको थियो ।   यता बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज पाण्डे, श्रोत व्यक्ति केशर खवास लगायतले सबैको रोजाइमा परेको वाल्मीकिले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनीहरुले प्रदेशिक संरचना अनुसार विद्यालयको थप शैक्षिक गुणस्तर उकास्न आफूहरुको भरपूर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

फाउन्डेसनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता एवम् समपन्न विद्यालयका संरक्षक टुङ्गवहादुर बस्नेत, बिर्तामोड – १ का वडाध्यक्ष अग्नि पाण्डे , ३ का वडा अध्यक्ष भोजराज सिटौला लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक , पौराणिक, जातीय झाँकी सहित मनोरञ्जनात्कम कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले राई, लिम्बू , मगर, राजवंशी , सन्थाल, आर्य समुदायको समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीले प्रस्तुत गरेको ताण्डव नृत्यले सबैको ध्यान खिचेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

June 2018
S M T W T F S
« May    
 12
3456789
10111213141516
17181920212223
24252627282930