बिहिबार, मंसिर २८, २०७४
ताजा फोटो फिचर

काठमाडौ जेसिजमा पहिलो पटक महिला अध्यक्ष

काठमाडौं मंसिर १८,  काठमाडौँ जेसिजको ४८ औं अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । संस्थाको सन् १९७० मा स्थापित काठमाडौँ जेसिजको ३५ औं शाखा अधिबेसन तथा ४७ औं बार्षिक साधारण सभाबाट जेसीआई सेनेटर ईनु थापा सर्बसम्मत रुपमा निर्बाचित भएकी हुन् ।   काठमाडौं जेसिजमा थापाको नेतृत्वको संचालक समितिमा तीन जना कार्यकारी उपाध्यक्ष बिबश कर्माचार्य, भुवनकुमार श्रेष्ठ र मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सह सचिबमा रफी भण्डारी, सहकोषाध्यक्षमा प्रनिल थापा तथा ६ जना उपाध्यक्षमा एन्जिला खड्का, रोजी अधिकारी, शोभा बस्नेत सिंह, होमराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, रबिन कुमार महर्जन सर्बसम्मत निर्बाचित भएको निर्बाचन अधिकृत गणेश पौडेलले जानकारी दिए ।

सकारात्मक परिबर्तनका लागि मैत्री भाव, सामाजिक दायीत्व र नेतृत्व क्षमता बिकासका लागि १८ देखि ४० बर्षका युवालाई अवसर प्रदान गर्ने जेसिजले ४ अवसर क्षेत्र ९व्यक्तिगत अवशर , सामुदायीक अवसर ,अन्तराष्ट्रिय अवसर तथा ब्यबसायीक अवसर० मा कार्य गर्ने गरेको छ । काठमाडौँ जेसिजको बिधान अनुसार जनवरी महिनाको पहिलो साताभित्र हुने पदस्थापन समारोहमा कानुनी सल्लाहकार नियुक्त भएपछि संचालक समीतिले पूर्णता पाउने जानकारी अध्यक्ष थापाले दिइन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2017
S M T W T F S
« Nov    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31