शनिबार, जेष्ठ १२, २०७५
ताजा फोटो फिचर

कलाकार नयनले मनाए असाहय बृद्धबृद्धाहरुसंग आफ्नो जन्मदिन

काठमाडौं बैशाख २८, मोडल तथा कलाकार नयन डिसीले अनाथ बालबालिका तथा असाहय बृद्धबृद्धाहरुलाई भोजन खुवाएर र केक काटेर विहिवार जन्मदिन मनाएका छन् ।  बुढानिलकन्ठ डाडागाउँमा अबस्थित अनाथ असाहय बाल सुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानब सेवा आश्रम सामाखुशीमा आश्रित करिब ४० जना बृद्धबृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगान समेत गरे ।

बर्षेनी फरक तरिकाले जन्मदिन मनाउँदै आइरहेका नयनले उक्त आश्रममा पुगेर अन्य खाद्यन्न सामाग्री वितरण गरेर सबैसँग नाचगान गर्दै जन्मदिन मनाएका हुन । एरोविक डान्सका प्रशिक्षक समेत रहेका नयनले करिब ४५ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरुका साथ अनाथलय तथा आश्रममा पुगेका नयनले जन्मदिनमा केही नयाँ सन्देश प्रवाह गर्न खोजेको बताए । ‘हाम्रो सानो सहयोगले अनाथ तगा बेसाहाराहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने प्रयास गरेको हुँ, उनले भने ।

भर्खरै म्यूजिक भिडियो निर्देशनमा समेत हात हालेका नयनले जन्मदिनको अवसरमा साथीहरुसँग रमाइलो तथा विलासितामा खर्च उडाउनु भन्दा अशक्त आमाबुवा तथा बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुशी मिलेको अनुभव सुनाए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

May 2018
S M T W T F S
« Apr    
 12345
6789101112
13141516171819
20212223242526
2728293031