बिहिबार, बैशाख १२, २०७६
ताजा विचार

उखान नेकपाको सूर्य

-राजन कार्की-

गान्धी भन्थे– शासन र सहरको भव्यता गरीबको रगतले किनिएको हुन्छ । हाम्रा राष्ट्रपतिको बुलेटप्रुफ भवन, गाडी र डेढअर्वको हेलिकोप्टर गरीबकै रगतले किनिएको हो । प्रधानमन्त्रीको भव्य रहनसहन पनि गरीबकै रगतको परिणाम हो । शेक्सपियरको एउटा भनाई खुब प्रख्यात छ– पापले साहसी बनाउँदैन, दयाले बनाउँछ । हाम्रा शासक बर्ग पापमाथि पाप गर्दैछन्, नैतिक रुपमा टकटकिएर भाङ्ग्रो बन्दैछन् र उनीहरु नक्कली साहसी बनेको नक्कल पारिरहेका छन् । यी नक्कली साहसीहरु दयाका पात्र हुन् । यी दयापात्रहरु आर्थिक रुपमा आफू मजबुत भएका छन्, यिनले लोक र लोकतन्त्र बलियो बनाउँछन् भन्ने कुरा आश गर्नु भर नपर्नु भन्ने उखानजस्तै हो ।

नेपाली राजनीतिका ठूला मानिएका शेरबहादुर देउवा, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओलीहरु सबै प्रधानमन्त्री भइसके । यिनीहरु हरेक गलत कुराहरु भारतबाट अनुकरण गर्छन् । भारतका पहिलो राष्ट्रपति बनेका डाक्टर राजेन्द्र प्रसाद राष्ट्रपति भवन पुग्दा सहयोगीहरुले उनलाई सुत्ने कोठा देखाएपछि त्यो भव्य आरामदायी कोठा देख्नासाथ राष्ट्रपति राजेन्द्र प्रसादले पहिलो आदेश दिए– मेरो देश गरीब छ, म यो पलङमा कदापि निदाउन सक्दिन । मलाई सामान्य खटियाको व्यवस्था गरिदिनु । यो २६ जनवरी १९५० को घटना हो । उनी १३ मे १९६२ सम्म राष्ट्रपति पदमा रहे र उनी सामान्य काठको खाटमा सुते, सामान्य जीवनयापन गरे । पदको दुरुपयोग गरेनन् । सरलताले सम्मानको उचाइ बढ्छ भन्ने कुरा नेपाली नेताले कहिल्यै सिकेनन् ।

सुरा र सुन्दरी, सत्ता र सम्पत्ति ः यही हो नेपालको राजनीति । चिनियाँ इतिहासकार फाह्यानले चाणक्यका बारेमा लेखेका छन्– जुन देशका प्रधानमन्त्री सादा जीवन, उच्च विचार लिएर झोपडीमा बस्छन्, त्यो देशका जनता सुखी र सम्पन्न हुन्छन् । जुन देशका प्रधानमन्त्री राजमहलमा निवास गर्छन्, त्यो देशका जनताको भागमा झोपडी मात्र हुन्छ । नेपालमा लोकतन्त्र चाणक्य बनेन, चण्डाल बनेर विध्वंश गरिरहेछ ।
प्राचीन मगध साम्राज्य जसरी भययुक्त र हाहाकारमय थियो, हाम्रो देश त्यस्तै भय र हाहाकारयुक्त चित्कार भोगिरहेको छ ।जननेताहरु राजा महानन्दजस्ता बिलासी, अनाचारी, दुराचारी, अत्याचारी, सुरा–सुन्दरी, सम्पत्ति र सत्तामा लिप्त छन्, जनता बाँच्ने आधारका लागि छटपटी र हुटहुटीमा छन् । जनयुद्ध र जनआन्दोलनजस्तो बसन्त परिवर्तन खेर गयो, चाणक्य जन्माउन सकेन । बग्रेल्ती चण्डालहरु पो जन्मायो । जुन मुलुकमा सपनाको राजनीति हुन्छ र राजनीतिज्ञहरु ब्वाँसो र स्यालनीतिमा आफूलाई अभ्यस्त पार्छन्, त्यो देशका जनताका लागि न्याय महँगो हुन्छ, जीवन मूल्यहीन हुनेगर्छ । नेपाली मूल्यहीन जीवन बाँचिरहेछन्, बाँच्नका लागि छिनछिन, दिनदिन मरिरहेछन् ।

अंग्रेजी कथन छ :  राजनीति थ्री डब्लु अर्थात ओमन, वेल्थ, वाइन हो । यसलाई नेपालीमा सुरा, सुन्दरी र सम्पत्ति (सत्ता) भन्दा हुन्छ । सत्ताभित्रै पर्छ यौन । धार्मिक ग्रन्थहरुमा महिलालाई शक्तिकी देवीको रुपमा पूजा गरिन्छ । आधुनिक युगमा महिलालाई नशाका रुपमा ग्रहण गर्ने प्रचलन छ । महिला माया हो, महिला आकर्षण हो, महिला जीवनलीला हो । यसैकारण महिलालाई आधा आकाश, आधा संसार पनि भनिन्छ । महिलाका अनेक रुप छन् । महिला सिर्जना, शक्ति, सेक्स र सम्पत्तिको स्रोत पनि हो । तर नेपाली राजनीतिमा यौनलाई औजारका रुपमा प्रयोग गरिने प्रचलन व्यापक भएको छ । महिलाको मानभन्दा अपमान बढ्दै गएको छ । महिलामाथि हिंसा, बलात्कार र हत्या सामान्य हुनथालेको छ ।
राजनीति अपराध, शक्ति, सम्पत्ति र यौनको समिश्रण झोल भयो । यही घोल झोल राज्यशक्तिको पोल बनेर उभिनपुग्यो । जसले जस्तोसुकै सफा खोल ओढे पनि उसको खोलभित्र फोहरी ओमन, वेल्थ, वाइन र सत्ताको फोहरको दाग देखिन्छ देखिन्छ । यी चार तत्व यस्तो हाइभोल्टेज करेन्ट हो, जसको झड्काले कुनै नेता अछुत छैनन् । काम, क्रोध, लोभ र मोह भनेकै ओमन, वेल्थ, वाइन र सत्ता हो । पहिले पहिले मसानमा पुगेर अघोरी बाबाहरु तन्त्रविद्या आर्जन गर्थे । वर्तमान कालखण्ड मसानमा महल खडा गरेर ओमन, वेल्थ, वाइन र सत्ताको आराधना हुने गरेको छ । राजनीतिमा निष्ठा र नीति, नैतिकता र चरित्रको बिनास भइरहेको छ । राजनीति सेवा नभएर व्यापार बनेको छ ।

चर्चिल र रुजवेल्टको समझदारीबाट एटलाण्टिक चार्टर जन्म्यो, गिरिजा, प्रचण्ड र माधवकुमार नेपालको समझदारीबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जन्म्यो । एटलाण्टिक चार्टर  विश्व संगठन– राष्ट्रसंघ बन्यो, लोकतान्त्रिक गणतन्त्र केही पार्टीको सिण्डिकेटतन्त्र बनेको छ । यो तन्त्रभित्र एकदोस्राप्रति र देश र जनतामाथि घात, प्रतिघात र आघात दिने क्रम, उपक्रम, उपद्रव दिनदिनै उफानमा छ ।
इटलीमा ग्यारवाल्डीले योङ् इटली संगठन गरे र रेड सर्ट पार्टी खोले । पछि त्यही दलले इटलीलाई ऐतिहासिक गौरव दिलायो । वीपीपछि गिरिजाले हाँकेको कांग्रेस सुशील कोइराला हुँदै शेरबहादुर देउवाको कमाण्डमा आइपुगेको छ तर कमान खुस्केको घडीजस्तो कामै नलाग्ने भुत्ते भएको छ । मदन भण्डारीको बिरासत सम्हाल्ने माधव नेपालबाट एमालेको नेतृत्व केपी अ‍ोलीको हातमा आएको छ । अहिले सत्ता शिखरमा पनि ओली नै छन् । ओलीले पार्टी र सत्ता दुबैको नेतृत्व त पाए तर उनले संघीय लोकतन्त्रलाई बाँदरको हातको नरिबल बनाइदिए । प्रचण्ड र शेक्सपियरले लेखेजस्तो ‘कायरहरु धेरैपटक मर्छन्’ भन्ने उक्ति उस्तै उस्तै लाग्छ । माओ, चारु, चाउको इतिहास साहसको इतिहास हो, हाम्रा कम्युनिष्टहरुको इतिहास जनतामारा, देशघातक सत्ता, शक्ति र सम्पत्तिको इतिहासमा सिमित रह्यो ।

१२ बुँदे दिल्ली सहमति भएपछि खुब हल्ला चल्यो– आठ दल मिलेपछि नेपालमा दूधसागर बग्छ । रामराज्य आउँछ, नयाँ नेपाल बन्छ । जसरी ०५२ सालमा महाकाली सन्धि आधारातमा संसदबाट पारित गर्दा नेपालको सूर्य पश्चिमबाट उदाउँछ भनिएको थियो र ०७५ साल आइपुग्दा डीपीआरसमेत बन्न सकेको छैन, त्यस्तै भयो ०६३ सालको परिवर्तन । त्रासदी त्रासदी नै छ, अशान्ति र अराजकता कम भएको छैन, पीडितको आँखाबाट आँसु बगिरहेकै छ, पीडक अट्टहास हासिरहेछ । नेताहरु यौन, सत्ता र शक्तिको नग्ननृत्य देखाइरहेकै छन् । कांग्रेस समाजवाद भनिरहेकै छ, कम्युनिष्टहरु माओको माला जपिरहेकै देखिन्छन्, दुबै थाकेका छैनन् । यिनको मुखमा राम राम बगलीमा छुराको चोटले आमनागरिक मर्नु न बाँच्नुको दोसाँधमा छन् । जनताको जनमतको मान कसैले राखेनन् । अव त बिधि निर्माण नै पटके अपराधीले पो गर्ने भए । सबैलाई लोकलज्जाभन्दा मनमज्जा चाहिएको देखिन्छ । समृद्ध नेपाल र सुखी नेपाली चटकेको रोमान्चक विज्ञापन मात्र बन्यो ।
बुद्धिजीवीहरु सत्तालाई सँर्यमुखीसँग तुलना गर्छन् । हुन पनि जननेताहरु सत्ता राजनीतिमा यसरी लम्पट भएका छन् कि उनीहरु जनता कुन पीडामा छन्, जनअपेक्षा के छ, कहिल्यै वास्ता गर्दैनन् । जनताको काम चुनावका बेला मतदान गर्नेमा मात्र सिमित भएको छ । सत्ता र शक्तिका लागि जंगबहादुरले यौन र हतियारको यसरी प्रयोग गरे कि उनले कोतपर्व नै मच्चाइदिए । कोतपर्वबाट उदय भएका जंगबहादुरको शासन १०३ वर्ष लामो राणा शासन बन्यो । राणाहरुले सत्ता र शक्तिका लागि के गरेनन् ? जुद्धशमशेरले त सिंहदरवारमा बेलायती बैठक नै बनाए, बेलायती बैठकको भ¥याङदेखि भान्छासम्म, बेडरुमदेखि बाथरुमसम्म नग्न युवतीहरु राखेर आफँलाई कामुक कामदेव नै बनाएको इतिहास छ ।
पृथ्वीनारायण शाहका भाइ सिंहप्रताप शाह र मैचा महारानीको प्रेमलीला र उनले गरेको योनी तन्त्रसाधना, नौवटी केटीसँग राशलीला गरेर तिनीहरुलाई बिर्य खुवाएका अनेक प्रसङ्गहरु पनि राजनीतिकै एउटा पाटो हो । बहादुर शाह र महारानी राजेन्द्र लक्ष्मीवीचको यौन सम्बन्ध पनि नेपाली राजनीति कै एक अध्याय हो । २०५८ सालमा दरवार हत्याकाण्डमा युवराज दीपेन्द्र र पशुपति शमशेर जबरा पुत्री देवयानीको प्रेम कथा पनि रोमाञ्चक छ, जसको पुरा विवरण शायदै कहिल्यै खुलस्त होला । त्योभन्दा पनि दर्दनाक सत्ता र शक्तिको घटना छ– एकीकरणपँर्वको पाटनका ६ प्रधानले मच्चाएको आतंक । बिसं १८०९ देखि १५ सम्म पाटनका राजा थिए विश्वजीत मल्ल । राजालाई मोहबसमा पारेर ६ प्रधानले हालीमुहाली चलाउँदा नियन्त्रण गर्न खोजेका कारण एक प्रधानले राजामाथि आफ्नी श्रीमतीलाई सुताएको आरोप लगाए । त्यही आरोपलाई ६ प्रधानले मिलेर यसरी जनतामाझ झ्याली पिटाए कि राजा विश्वजीत अधर्मी हो, कूकर्मी हो । नभन्दै जनता राजाविरुद्ध बिद्रोह गर्ने मनस्थितिमा पुगे, ६ प्रधानले सशस्त्र विद्रोह गरेर राजा विश्वजीतलाई गद्दीच्यँतमात्र गरेनन्, सही कुरा सार्वजनिक होला, जनताले थाहा पाउलान् भनेर अपदस्त राजा विश्वजीतलाई पाटन दरवारभित्रको तलेजु भवानीको मन्दिरको मूलढोकामा बली दिने बोकालाई पर्साएजसरी पर्साएर बोको काटेजसरी काटे । यो पनि नेपालमा सत्ता राजनीतिको एउटा इतिहास हो ।

यस्तै घटना हो– २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन । २०७२ साल असोज ३ गतेको संविधान घोषणा । सत्तामदमा मदमत्त भएकाहरुले २०६५ सालमा राजतन्त्रलाई र २०७२ साल असोज ३ गते जनताको रायसुझावलाई यसरी सिध्याए कि जसरी सबैरोग नास हुने विश्वासका साथ सर्वौषधिका रुपमा मुस्ताङमा चौंरीको गर्धनको नसा काटेर आलो रगत पिलाउने गरिन्छ । भ्रम भयो दुबै घटना, न गणतन्त्रले गणलाई खुशी दियो, न संविधानले कानुन व्यवस्था ठिकठाक पार्न सक्यो । सत्ता र यौन, सम्पत्ति र शक्तिको अनपेक्षित र दुर्भाग्यपूर्ण दुर्घटनाहरुको श्रृंखला सुरु भइसकेका छन् । जनयुद्धका मुद्दाहरु रक्तविज बनेर उठ्न थालेका छन् ।

हुन त नेपालको राजनीति भनेकै खुकुरीको इतिहास हो, यौन र सत्तामा झुत्ती खेल्ने इतिहास हो । जब पृथ्वीनारायण शाहले आफूलाई बिसर्जन गरे, त्यसपछिका साँढे दुईसय वर्षको नेपालको इतिहासमा हतियार, यौन र सत्ताको अनुपम संयोग देखिन्छ । भर्खरै पूर्व प्रधानसेनापति रुकमांगद कटवालले भनेका छन्– पूर्वराजा ज्ञानेन्द्रले जनतालाई आह्वान गरेर सेनाको सहयोगमा पुनस्र्थापित हुने काम गर्नुपर्छ । यता ओली र प्रचण्ड जाज्वल्यमान हुनु, उता पूर्वराजा देशदर्शन गर्न थाल्नु, जनताले जयजयकार गर्नु र पूर्व प्रधानसेनापतिले मुख खोल्नु, यो हतियार र सत्ताको ताजा मौन द्वन्द्व सतहमा उत्रन खोजेका दृश्य हुन् । मौर्यवंशी चक्रवर्ती महाराज अशोकले विश्व बिजय हासिल गरे, कलिंगाको युद्धपछि यौनतीर्खा मेटाउने इच्छा पँरा नहुँदा उनले लुम्बिनी आएर बुद्धको मँर्तिका सामु तरवार बिसाएर बुद्धमार्गमा आत्मसमर्पण गरे । लडाकु अलाउद्दीन खिल्जीको कथा पनि खुकुरी र यौनकै हो ।

इतिहासमा सुन्दरी क्लियोपेट्राको प्रसङ्ग पनि आश्चर्यपूर्ण लाग्छ । उनी आफ्नो सुन्दरता निखार्न, तिखार्न र उजिल्याउन हरेक दिन गधाको दूधले नुहाउँथिन् । उनले नुहाएको दूध पिउन प्रेमीहरु तँछाडमछाड गर्थे । मानौं अमृत हो त्यो नुहाएको गधाको दँध । क्लियोपेट्रासँग सुत्न, नजिकिन राजामहाराजा, सामन्तहरु सर्वस्व लुटाउन तैयार भएका बृतान्तहरु इतिहासका पानाभरि पढ्न पाइन्छ । हिटलर यौन भनेपछि भुतुक्कै हुन्थे । हिटलरकै सिको गरेर यौनान्द लिने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको मोनिका लेवेन्सीको यौन काण्डले विश्वलाई नै यौनमय समाचारले छपक्कै छोपिदिएको थियो एक जमाना । त्यति बेला आफ्ना पति तथा देशका राष्ट्रपति बिल क्लिन्टनलाई उनकी श्रीमती हिलारीले माफी दिएको प्रसङ्ग कम रोचक थिएन । तिनै हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको बलबती उमेदवार बनिन् तर अमेरिकी जनताले डोनाल्ड जे. ट्रम्पलाई जिताइदिए । ०५० को दशकमा भारतका महात्मा गान्धीले यौनलाई मजाले खेलाए, चलाए । अविकसित, विकासशीलमात्र होइन, विकसित मुलुकहरुमा पनि यौन र राजनीतिवीच नून, चिनी, पानीको सम्बन्ध देखिन्छ । जुन औषधि भन्दा बढी विषालु बन्यो नेपालको राजनीतिमा ।
नेपालमा ३८ प्रधानमन्त्री भए, सबका सब थ्री डब्लु अर्थात ओमन, वाइन, वेल्थसँग नजोडिएका पाइदैनन् । समाजवादीहरुले पर्खालसम्म चढे, कम्युनिष्टहरु बलात्कार गर्न पछि परेनन्, आदर्श पुरुष मानिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्थे– मैले विवाह त गरिन तर म कुमारकेटो होइन । राजनीतिक परिवर्तनको ०६३ साले पर्वको अध्याय सकियो । अर्को परिवर्तनका आहटहरु सुन्नेले सुन्न थालिसके । अर्को परिवर्तनमा पनि सत्ता, सुन्दरी, शक्ति र सम्पत्तिकै बोलवाला हुने निश्चित छ । किनकि त्यागी व्यक्ति नेपाली राजनीतिमा जन्मेकै छैन । सतीको सरापबाट नेपाल मुक्त भएकै छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

April 2019
S M T W T F S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930