मङ्लबार, असार ५, २०७५
ताजा फोटो फिचर

अभियन्ता उप्रेति सम्मानित

 काठमाडौ फागुन २४,  नेपाल निजामती कर्मचारी संगठन द्वारा सबिता उप्रेती सम्मानित  १०८ औ अन्तराष्टिय नारी दिवसको अवसरमा केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको ब्यवस्थापनमा योगाभ्यास तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अटिजम बालबालिकाहरुको लागी बिशेष स्कुल तथा पुनस्थापना केन्द्र    स्थापना गरी निरन्तर रुपमा बालबालिकाको सेवामा आफ्नु जिवन समर्पित गर्दै आउनु भएको सामाजिक अभियन्ता सबिता उप्रेतिलाई बिशेष सम्मान गरेको छ ।

संगठनको केन्द्रिय पदाधिकारिहरु एसएसडिआरसि नै पुगेर उप्रेतिको समाज सेवाको उच्च कदर गर्दै सम्मान गरेको हो । संगठनको बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको सभापतित्वमा भएको उक्त्त कार्यक्रममा उपाध्यक्ष भवानी दहाल,महासचिव रेवन्त गौतम्,सचिव भवानी खतिवडा,सचिव राम चन्द्र अधिकारी लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति सहित योगा शिक्षक सबिना गिरीबाट महिला स्वास्थ्य सम्वन्धि योगाभ्यास गराइएको थियो ।

 कार्यक्रमम बालबालिकाहरुको सहयोगार्थ संगठनको केन्द्रिय समितिबाट रु दश हजार्,संगठनको जिल्ला कार्यसमिती काठमाण्डौबाट रु पच्चिस सय,संगठनको जिल्ला कार्यसमिती भक्तपुर महिला बिभागबाट रु पच्चिस सय र संगठनको शिक्षा विभागीय कार्यसमिति बाट रु २५ सय रकम सहयोग गरिएको छ ।  उक्त कार्यक्रममा संस्थाको बालबालिकाहरु द्वारा डान्स तथ सफलताको कथा प्रस्तुत गरिएको थियो भने सबिता उप्रेती लाई समर्पित गर्दै केन्द्रीय सदस्य देवि पराजुलीले कविता बाचन र भवानी खतिवडाबाट गित प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

June 2018
S M T W T F S
« May    
 12
3456789
10111213141516
17181920212223
24252627282930